नियम १६
मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने कागजात
अध्यादेशको दफा १८ बमोजिम मनोनयन पत्र पेश गर्दा मनोनयनपत्र साथ देहायका कागजात पेश गर्नु पर्नेछ ः- (क) उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख) मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको  अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, (ग)   अध्यादेशको दफा ६२ बमोजिम धरौटी जम्मा गरेको रसीद वा भौचर, (घ) दलको उम्मेदवारको हकमा अध्यादेशको दफा १७ बमोजिमको औपचारिक   पत्र, (ङ) अध्यादेशको दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिमको पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा, (च) अध्यादेशको दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिमको पदको लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा ।